सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा रोहित शर्मा नम्बर एकमा

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा रोहित शर्मा नम्बर एकमा

आज भएको बंगलादेश बिरुद्धको खेलमा रोहित शर्माले १०४ रन जोडे संगै उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा उक्लिन सफल भएका हुन् । उनले ७ खेलमा ५२० रन बनाएका छन्।

उनले ५१६ रन बनाएका अस्ट्रेलियाका डेविड वार्नर लाई पछि पर्दै शीर्ष स्थानमा उक्लेका हुन्।

खेल सुरु हुनु भन्दा अघि उनी तालिकाको छैठौ स्थानमा थिए। आजको उत्कृष्ट प्रदर्शनसँगै उनी तालिकाको शीर्षस्थानमा आएका हुन्।

आज उनले ५ छक्का र ७ चौकाको मद्दतले १०४ रन जोडेका थिए। उनी सौम्या सरकारको बलमा लिटन दास द्वारा क्याच आउट भएका थिए ।

आजको शतकसँगै उनले यस वर्ल्डकपमा चौथौ शतक प्रहार गरेका छन्। रोहित शर्माले यस अघि पाकिस्तान, साउथ अफ्रीका, र इंगलैंड बिरुद्ध शतक प्रहार गरेका थिए।

Please follow and like us:

Neptalks

Leave a Reply

Your email address will not be published. Required fields are marked *